केशब घिमिरे
डिहिडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहि तालेघरका कयौ घरहरु जोखिममा परेका छन्।
लगातार परेको अविरल वर्षाका कारण खाँचीकोटको डिहि तालेघरका कयौ घरहरु जोखिममा परेका हुन् ।
डिहि तालेघरका चिरञ्जीवी पौडेलको घर र गोठ पहिरोबाट क्षति पुराएको छ ।
यस्तै फुदवाङ – डिहिडाँडा सडक अन्तरगत फर्जेयाङ्गमा पोल ढलेर बिधुत लाईन अबरोध भएको छ।
उता खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवन अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको छ ।