हलिम खाँन
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा नेपाल बिद्यार्थी संघ र तरुण दलका युवाहरुले खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गरेका छन्।
बिश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ का संक्रमणका कारण खाद्यान्न अभाव नहोस भनी राहत बितरण गरिएको युवाहरूको भनाई छ ।
त्यस ठाउँमा अझै सम्म जनताको समस्या बुझ्ने गरी कोहि पनि राहत लिएर नगएको महसुस गरि आफुहरु कटिबद्ध रुपले लागी परेको समेत बताएका छन । युवाहरुले प्रत्येक १०७ घरधुरी लाई राहत स्वरुप नुन , तेल ,चामल , दाल र केही स्वास्थ्य सामाग्री बितरण गरेका हुन ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्नाका (अमिले , जोगीमारे, रामपथ ) लगायत ठाउँमा बितरण गरिएको हो।