गोखुङ्गाको हिले खोलामा घर गोठ भत्किए | अर्घाको बेल्टारी र बासडाँडामा २ भत्किए


अर्घाखाँचीडट्कम संवाददाता
गोखुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । केही दिनदेखि  लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्ल्लाको मालारानी गाउँपालिका वार्ड नम्वर ९ गोखुङ्गाको हिले खोलामा घर गोठ भत्किएको छ । गोठ भत्कदा २ वटा बाख्रा मरेका छन् । 
यस्तै सन्धिखर्क नगरपालिकाको वार्ड नम्वर १० अर्घाको बेल्टारीका श्याम थापा र बासडाँडाका नारायण आचार्यको घर भत्किएको छ ।
ठाउँ – ठाउँमा पहिरो जाँदा गोखुङ्गा र अर्घाको जनजीवन अस्तव्यस्त भएको छ ।