सागर महत
सन्धिखर्क, अर्घाखाँची । विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा शारिरिक अपाङ्गता भएका बालबालिकाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
जसमध्ये पहिलो चरणमा सन्धिखर्क नगरपालिका भित्रमा लकडानका कारण दैनिकि चलाउन गाह्रो भएका विपन्न ८ घर परिवार लाई राहत सामाग्री वितरण गरिएको हो । जसमा प्रति परिवार ३० केजी चामल,२ लिटर तेल,२ केजी चिनी,३ केजी दाल ,२ केजी नुन ,नुहाने साबुन ४ पिस,सेनेटाइजर आधा लिटर लगायतका सामाग्री वितरण गरिएको परियोजना अर्घाखाँचीका सुपरभाइजर श्याम सुन्दर ढुंगानाले बताउनुभयो ।
३१ घर परिवार लाई राहत वितरण गर्ने कार्यक्रम मध्ये ८ घर परिवार लाई राहत सामाग्री वितरण गरिएको छ भने अब २३ घर परिवार लाई सन्धिखर्क नगरपालिका बाहेकका पालिकामा राहत सामाग्री वितरण गर्ने परियोजना सहायक रक्षा पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रम सृर्जनशिल अपाङ्ग सरोकार केन्द्रका प्रमुख फर्सुराम पाण्डेको प्रमुख आतिथ्यता सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक (किशोरको) अध्यक्षता परियोजना अर्घाखाँचीका सुपरभाइजर श्याम सुन्दर ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।