केशब घिमिरे
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोट स्थित फुदवाङबाट डिहिडाँडा जाने चन्द्र प्रभा मार्ग अबिरल बर्षाका कारण झरेका साना ठुला पहिरोहरुले अबरोध भएपछि चन्द्र प्रभा युवा क्लब खाँचीकोटको पहलमा ट्र्याक खोली अत्याबस्यक सवारी जान सक्ने बनाइएको छ ।
गाँउमा एम्बुलेन्स सम्म जान सक्ने बाटो पनि नभए पछि क्लबका युवाहरुले घरेलु सामग्री कोदालो फरुवाको सहायतामा बैकल्पिक बाटो बनाएका हुन ।
मनसुनको सुरुवात संगै परेको झरिका कारण जिल्लाभरका ग्रामीण सडकहरु बिगृएका कारण स्थानियहरु सास्ती भोगिरहेका छन् ।