हलिम खाँन
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा नेपाल बिद्यार्थी संघ र तरुण दलका युवाहरुले डिभर्नामा स्वास्थ्य सामाग्री र खाद्यान्न बितरण गरेका छन ।
बिश्वभर आक्रान्त पारेको कोभिड १९ को संक्रमणका कारण खाद्यान्न अभाव नहोस भन्दै केही सामाग्री वितरण गरिएको हो ।
त्यस ठाउँमा २१ घर परिवारलाइ लाई केही स्वास्थ्य सामाग्री र चामल , दाल , नुन , तेल बितरण गरेको अभियान्ता बिशाल आचार्यले बताएका छन । डिभर्नाका भैसथला , धारा माथि , चौतारा लगायत ठाउँमा बितरण गरिएको हो ।