पहिरोको जोखिममा परेको खाँचीकोटको चन्द्रप्रभा मावी डिहिडाँडाको भवनलाई जोगाउन पलास्टिक प्रयोग


केशब घिमिरे 
डिहिडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवनलाई जोगाउन टाेनेल पलास्टिक प्रयोग गर्नु परेको छ । 
साधन र स्रोतको अभावका कारण खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवनलाई जोगाउन टाेनेल पलास्टिक प्रयोग गर्नु परेको हो ।
उक्त टाेनेल पलास्टिक स्थानिय दिनेश के.सीले उपलब्ध गराएका हुन् । 
बिधालयका शिक्षक शिबहरी भट्टराईबाट दान स्वरुप प्रदान गरिएको जग्गामा निर्माण गरिएको उक्त भवनको तल माथी दुबैतिर मोटर बाटो रहेको र उक्त बाटो बिस्तार प्रभावका कारण गत बर्षदेखि नै भवन पहिरोको जोखिममा परेको तर त्यसको नियन्त्रणमा खासै ध्यान नपुगेको हुँदा अहिले अझ जोखिममा परेको देखिन्छ ।
केही वर्षदेखि पहिरोको जोखिममा रहेको विधालयप्रति जनप्रतिनिधी तथा सम्बन्धित निकाय कसैको ध्यान पुग्न सकेको छैन् ।   
यस्तै फुदवाङबाट डिहिडाँडा जाने  चन्द्र प्रभा मार्ग अबिरल बर्षाका कारण झरेका साना ठुला पहिरोहरुले  अबरोध भएपछि चन्द्र प्रभा युवा क्लब खाँचीकोटको पहलमा ट्र्याक खोली अत्याबस्यक सवारी जान सक्ने बनाइएको छ  ।  

अन्य समाचारहरु