अर्घाखाँचीमा आज ७ जनाले कोरोना जिते, ३६ जना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  ३६  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २४८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७४ जना, भूमिकास्थान नगरपालिकामा ३०,      शितगंगा नगरपालिकामा २४,       मालारानी गाउँपालिकामा ३३,        पाणिनी गाउँपालिकामा ७९,    र छत्रदेव गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २४३८  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०४२  जना, भूमिकास्थान नगरपालिकामा ४५७,   शितगंगा नगरपालिकामा ३११,     मालारानी गाउँपालिकामा २३४,     पाणिनी गाउँपालिकामा १८१    र छत्रदेव गाउँपालिकामा २१३ जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा जिल्लामा ७  जनाले कोरोना जितेका छन् ।  जिल्लामा गत वर्षदेखि आजसम्म  २१२६ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९५१ जना, भूमिकास्थान नगरपालिकामा ४१२,      शितगंगा नगरपालिकामा २७६,    मालारानी गाउँपालिकामा १९१,          पाणिनी गाउँपालिकामा ९४   र छत्रदेव गाउँपालिकामा २०२ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७ जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा १०,     पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  
आईतबारको कोरोना विवरण यस्तो छ: