अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सन्धिखर्क नगर कमिटीको सचिबालय स्तरको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिबालय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बिक किशोर को प्रमुख आतिथ्यता मा सम्पन्न प्रशिक्षण बैठक मा राज्य समिति सदस्य धर्मराज भुसाल, जिल्ला कमिटी सदस्य हरु , कृष्णहरि भुसाल,युबराज भुसाल भेष बहादुर केसि जिल्ला सल्लाहकार सदस्य हरु दोण् प्रसाद भुसाल बाबुराम श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।
बैठक मा मन्तव्य राख्दै माओवादी नेता बिक ले भन्नू भयो नेपाल लाई सिक्किमि करण बनाउन अहिले देसि बिदेशी तत्व सक्रिय रहेको भन्दै यस्तो खाले तत्व का विरुद्ध सबै रास्ट्रबादी शक्ति एक हुनुको विकल्प नरहेको बताएका थिए ।सोही कार्यक्रम मा नेता बिकले भन्नू भयो अन्तरास्ट्रिय डिजाइनमा माओवादी पार्टी लाई सिद्वाउन जुन शक्ति लागेको छ त्यो आफै सिद्विने समेत दाबी गरेका थिए पहिला पहिला माओवादी पार्टी मा टिके प्रथा बाट पद बाड्ने गरिन्थ्यो अब त्यो प्रथाको अन्त्य भएको भन्दै जो सैद्धान्तिक र बैचारिक रूपमा प्रतिबद्ध छ उ नै पार्टी नेतृत्व मा आउने दाबा गरेका थिए ।माओवादी पार्टी आन्दोलन र परिवर्तन को सम्बाहक भएको भन्दै कसैलाई पनि आग्रह र पुर्बाग्रह नगरी सबै लाई समेटी आ आफ्नो ठाउँमा उचित जिम्मेवारी दिने समेत ब्याक्त गर्नु का साथै बैठक मा अहिले को बिपक्ष गठबंधनकै मोर्चा सग सबै किसिम को तालमेल र सहकाय का साथ अगाडि बढ्ने समेत जानकारी गराएका थिए ।
बैठक मा प्रदेश कमिटी सदस्य धर्मराज भुसाल , जिल्ला कमिटी सदस्यहरु युबराज भुसाल , कृष्णहरि भुसाल भेषबहादुर केसी जिल्ला सल्लाहकार सदस्य हरु दोण् प्रसाद भुसाल, बाबुराम श्रेष्ठ लगाएत का नेता हरुले प्रशिक्षण मुलक मन्तव्य राखेको कार्यक्रममा नगरकमिटी नगर इन्चार्ज राजेन्द्र भुसालको अध्यक्षता र नगरकमिटीका सचिबालय सदस्य बालकृष्ण आचार्य को संचालन मा सम्पन्न भएको थियो ।