ढाकावाङ्गमा शारीरिक अपाङ्गता भएका बालबालिकालाई राहत सामाग्री वितरण (तस्बिर सहित)



टेकराज भुसाल
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची   जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा रहेका ४ जना शारीरिक अपाङ्गता भएका बालबालिकाका परिवारलाई  राहत सामाग्री  वितरण गरिएको छ।
अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र HRDC द्वारा सञ्चालित सक्षम परियोजना अर्घाखाँचीकाे आयोजनामा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुकाे माध्यमबाट विपन्न र दलितबाट  छनाेट गरि १ बाेरा चामल, २ लिटर खाने तेल, २ केजी दाल, २ केजी चिनी , २ केजी आयोडिन नुन, ४ पिस सावुन र ५०० मिलिमिटर सैनिटाइजरका दरले ४ जनालाई  वितरण गरिएको हो।
भुमिकास्थान नगरपालिका वार्ड नम्वर १ का वडाध्यक्ष भाेजराज खनाल, २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, सक्षम परियोजनाका पुर्नस्थापक नारायण खनालकाे उपस्थितिमा राहत सामाग्री वितरण गरिएको हाे।

अन्य समाचारहरु