अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ८ असार । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले आगामी बजेट प्रस्तुत गर्नु पुर्व बजेटको नीति तथा कार्यक्रमका सम्पन्धमा जिल्लामा क्रियाशिल राजनितिक दल संघसस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगरमा बजेट ल्याउने पुर्व सन्ध्यामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख कमल प्रसाद भुसालले दीर्धकालिन लक्ष्य सहितको बजेट ल्याउने बताउदै बजेटमा सबै नगर बासीको सपनालाई साकार पार्नको लागि आफुहरु गुरुयोजना सहित बजेट ल्याउने बताउनुभएको थियो कृषि पशुपालन लगायतका क्षेत्रमा उत्पादनका आधारमा अनुदान सहितका कार्यक्रम ल्याउने स्वास्थ्य शिक्षा यातायात लाई विशेष महत्व दिने बताउदै नगरवासीको सपना पुरा गर्ने दायित्व आफुहरुको भएको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले नगरपालिका ले नगरबासीको चाहना अनुसार बजेट ल्याउने बजेट सहि रुपमा सम्पन्न गर्नको लागि अनुगमनलाई निरन्तरता दिने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालेले बजेटले नगरबासीको सपनालाई साकार पार्न बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेका नगर अध्यक्ष श्रीकृष्ण भुसालले नगरबासीको चाहनालाई साकार पार्न गरी बजेट ल्याउनुपर्ने बताउदै भौतिक विकासलाई मात्र प्राथमिकता नदिई शिक्षा स्वास्थ्यलाई पनि विशेष महत्व दिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका नगर ईन्चार्ज राजेन्द्र भुसालले भौतिक विकासलाई मात्र प्राथमिकता नदिई बजेटमा शिक्षा स्वास्थ्यलाई विशेष प्राथमिकता दिई कार्यान्वयनको चरणलाई लैजानु पर्ने बताउदै प्रत्येक नागरिकलाई कोभिड खोपको व्यबस्था गनुपर्ने बताए कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता गोविन्द विसी जनता समाजबादी पार्टीका नेता टोप बहादुर बलालले नगरले विकासमा फड्को मार्न गरी बजेट ल्याउनुपर्ने बताए । कार्यक्रममा उद्योग बाणिज्य सघका अध्यक्ष युबराज श्रेष्ठ , चेम्बर अफ कमर्शका अध्यक्ष अशोक कुमार श्रेष्ठले कोरोना महामारीले व्यबसायीहरु धरापमा परेको व्यबसायीलाई राहत हुने गरी बजेट ल्याउनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासघका अध्यक्ष अशोक खनाल प्रेमनारायण आचार्य गणेश खनाल सुर्य भुसाल लगायतका पत्रकारले बजेट सञ्चारमैत्री ल्याउनुपर्ने बताए कार्यक्रममा शाखा अघिकृत मन्जु खनाल लगायतको उपस्थिति रहेको थियो ।