पणेनाको सिम्लेमा सुन्तला, मौसम, अमिलोमा लाग्ने किरा नियन्त्रणको लागि किसानलाई बिसादी वितरण


माधव पौडेल
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं १ पणेनाको सिम्लेमा सुन्तला, मौसम, अमिलोमा लाग्ने औसिया किरा नियन्त्रणको लागि बिसादी वितरण गरिएको छ । 
जिल्लाको सुन्तला पकेट क्षेत्र भनेर चिनिने पणेनाको सिम्लेमा सुन्तला, मौसम, अमिलोमा लाग्ने औसिया किरा नियन्त्रणको लागि किसानहरुलाई बिसादी वितरण गरिएको हो ।
वितरण कार्यक्रममा कृषक रेवती राज पौडेलले विषादी प्रयोग गर्ने तरिका आफैले गरेर देखाउनु भएको थियो । विगतका वर्षहरुमा मौसम अमिलो लगायतमा औसीया किरा भेटिएसँगै सुन्तलामा पनि देखिन सक्ने भन्दै गाउँपालिकाले औसिय नियन्त्रण कार्यक्रम ल्याएको हो ।
सिम्ले एउटा गाउँमा मात्रै दुई करोड भन्दा माथि को सुन्तला निर्यात हुने गरेको छ । यस गाउँका प्रत्येक किसान को मुख्य आम्दानी को स्रोत भनेकै सुन्तला रहेको छ ।
यही विषादी वितरण गर्ने कार्यक्रममा पणेनाको आर्थिक बर्ष ७८/७९ को योजना तर्जुमा पनि गरिएको छ ।
पणेनाका वार्ड सदस्य मिन बहादुर रेश्मीको उपस्थितिमा योजना संकलन गरिएको हो ।योजना संकलनमा भल व्यवस्थापन ,खानेपानी लाई मुख्य प्राथमिकतामा राखिएको छ ।
विगतमा योजना तर्जुमा भनेर आएको अनि आफूहरुले दिएका समस्या समाधान नभएको स्थानीयले गुनासो गर्दै अहिले पोहोरको जस्तो नहोस् भन्दै  जनप्रतिनिधिलाई आग्रह गरेका छ्न।

अन्य समाचारहरु