अर्घाखाँचीमा दिगो बिकास लक्ष्यमा अपाङ्गताको सवाल बिषयका बिचार गोष्टी सम्पन्न


हृदय भुसाल |   
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ९ असार । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा श्रृजनािशल अपाङ्गता सरोकार केन्दको सहआयोजनामा एक दिने दिगो बिकास लक्ष्यमा अपाङ्गताको सवाल बिषयका बिचार गोष्टी   सम्पन्न भएको छ ।
नेपालमा कानुन तथा राज्यले अपाङ्गका क्षेत्रमा केही अधिकारहरु दिएपनि प्रयाप्त नभएको महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले बताए । उनले भने,‘हामी बिभिन्न किसिमका अपाङ्ग देशभर ३० हजार छौ, राज्यले अपाङ्गमैत्री पहुचयुतm वाताबरण निमार्ण गरिदिनु परेयो,दश प्रकारका अपाङ्गहरुका अनेक खालका समस्या छन्, केही काम भए पनि धेरै काम गर्न बाकी छ’ ।
 देशमै अर्घाखाँची कपिलबस्तु र बर्दियामा काम गर्न निकै समस्या छ, लामो समय पछि अहिले महासंघको पहलमा देशका सातै प्रदेशमा अपा‘ता पुनः स्थापना केन्द सञ्चालन हुने लागेको अध्यक्ष शर्माले बताए ।
समाजमा अझै पनि अपाङ्ग माथी  बिभिन्न खालका शारिरिक,मानशिक आर्थिक तथा योनजन्य यातना हुने गरेको मंहासघंका केन्दि«य महासचिव राजु बस्नेतले बताए । उनले भने,‘अपाङ्गलाई पहुचयुतm बाताबरण छैन,भौतीक संरचना,सनुवाई सुचना, तथा बिभिन्न क्षेत्रमा कमजोर पहुँच छ । क्षमता बिकास,पैरवी,समन्वय तथा सहजीकरण जस्ता क्षेत्रहरुमा महासंघले काम गर्दे आएको महासचिवले बताए ।
भुमिकास्थान नगरपालिका घर बताउने सिता ३० केसीले भनिन,‘हामी अपाङ्गहरुका समस्या प्रति सरकारले त्यती ध्यान दिएको,बल्ल हाम्रा अधिकारहरुको बारेमा बुझदै छौ, अझै हामी सवै अपाग एक भएर लाग्नुपर्ने छ’। 
अपाङ्गका समस्या प्रति आफुहरु जिम्मेवार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुजन शर्माले बताए । उनले भने,‘अपागता भएका केही प्रतिनिधीमुलक हिंसाका घटनामा म नजिक वाट काम गरेको अनुभव छ,तर पिडकले कानुनी अनुसार कार्वाही भोगिरहेको छ,तर पिडितलाई घटना पछि उत्पन्न हुने सामाजिक समस्या प्रति महासंघ तथा  सवै पक्ष जिम्वेवार,सशतm हुन जरुरी छ’।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय अधिकारी मनिराम पराजुली,घरेलु तथा साना उधोग कार्यालय प्रमुख केशव सुनार, सन्धिखर्क नगररपालिका नगरसभा सदस्य लक्ष्मण पराजुली,बार एसोशियसनका जिल्ला उपाध्यक्ष पबित्रा भटराई पत्रकार महाँसंघका जिल्ला सहसचिव हृदय भुसाल,नागरिक समाजका बसन्त श्रेष्ठ,महिला अधिकारकर्मि शुशिला गैरे लगायतले अपागतापुर्ण बतावरण निमाणर््ा हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आथित्यता श्रृजनशिल अपाङ्गता सरोकार केन्द«का अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता, लुम्बिनी प्रदेश कार्यक्रम संयोजक गोमा पन्थीको सञ्चालन तथा,अपाङ्ग महासंघका प्रदेश सदस्य कमला परियारको स्वागत मनतब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।