शितगंगा नगरपालिकामा बाल विकास शिक्षक र विद्यालय कर्मचारीले ज्ञापन पत्र बुझाए


गणेश बेल्बासे संगम 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा बाल विकास शिक्षक र विद्यालय कर्मचारीको तलबभत्तालाई सम्बोधनका लागि दबाब दिन संघर्ष समितिले ज्ञापन पत्र बुझाएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजनका लागि शितगंगा नगरपालिकाको बस्न लागेको नगर सभाबाट बाल विकास शिक्षक र विद्यालय कर्मचारीको नेपाल सरकारले तोके अनुसारको तलब भत्ता कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
बाल विकास तथा विद्यालय कर्मचारी संघर्स समितिको संयोजक गीता विश्वकर्माको नेतृत्वमा आएका ५० भन्दा बढी शिक्षक कर्मचारीहरुले नगरपालिकाको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल सरकारले बजेट भाषणमा तोकेको तलब स्केल नघटाई कार्यान्वयन गर्न स्थानीय सरकारले सम्बोधन गर्नेमा आशावादी रहेको शिक्षक तथा कर्मचारीले रातो प्रेसलाई प्रतिकृया दिए ।

अन्य समाचारहरु