अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले नवाैँ नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७८, ७९को लागि बिहीवार नवौ निती तथा कार्यक्रम तथा नगरसभा सभाबाट सर्वसहमतिले पारित गरेको हो ।
शितगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । जसमा आगामी बर्ष चालु तर्फ ४४ करोड ६५ लाख तथा पुँजीगत तर्फ ३६ करोड २४ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ ।
शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भने नगर उप प्रमुख टिका रेस्मीले बजेट प्रस्तुत गरेका थिए ।
नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि , स्वास्थ, सडक, शिक्षा , पर्यटन पुर्वाधार जस्ता योजनाहरु समेटिएको छ । साथै एकल पुरुष र महिलालाई भत्ता दिने गरि बजेटमा समटिएको छ । जसमा ३५ बर्ष पुगेका अविवाहित महिला र ४० वर्ष पुगेका पुरुषले मासिक भत्ता पाउनेछन् । त्यस्तै नगरपालिकाले प्रस्तुत बजेटमा लिफ्टिङ खानेपानी आयोजना महँगो पर्ने भएपछि खानेपानीको बिद्युत महसुलमा ७५ प्रतिशत अनुदान दिने भएको छ ।
यस्तै स्वास्थ तर्फ कोभिड खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थकर्मी तथा नागरिकलाई पहिलेका दिनमा दिई आएका सुबिधाहरु निरन्तर गर्ने जनाइएको छ ।