पाणिनी गाँउपालिकामा पहिलो पटक पत्रकारको विषयमा आवाज उठ्यो, अब रेडियो स्टेशन संचालन


चोलनाथ पौडल
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकामा पहिलो पटक पत्रकारको विषयमा आवाज उठेको छ । पाणिनी गाँउपालिकामा रेडियो  स्टेशन संचालन गर्ने सम्मका विषय गाँउ सभामा प्रवेश भएका छन् । पाणिनी गाँउपालिकाले पत्रकारलाई पहिलो पटक पहिचान गरी सम्मानित गरेको प्रति पाणिनि पत्रकार एसोसिएशनले धन्यवाद ज्ञापन गरेको छ । 
पाणिनी गाँउपालिका को संचार क्षेत्रमा कार्य गर्ने योजनामा स्थापित पाणिनि पत्रकार एसोसिएशनका संस्थापक अध्यक्ष डिआरजीसुमन, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कार्य समिति सदस्य घनेश्याम पौंडेल,पत्रकार माधव वेल्वासेलाई पाणिनि ले ११ औगाउसभामा सम्मान गरेकोमा पाणिनि गाँउ पालिका वडा नं ७ का वडा अधक्ष्य गुनाखर अधिकारीले  गाँउपालिकालाई धन्यवादज्ञापन गर्नु भएको छ । 
यस्तै पाणिनी गाँउपालिका वडा नं ६ का वार्ड सदस्य खगीस्वर पौडेलले पनि पत्रकार सम्मानित हुनु गौरवपूर्ण विषय भएको जनाउनुभएको छ । पाणिनि गाँउ पालिका को संचार विकासमा महत्वपुर्ण योगदान पुर्याउने पत्रकारलाई स्थानिय स्तरमै रेडियो स्टेशन संचालनगरेर प्रोत्साहन गर्न गाँउ पालिका कै निती तथा कार्यक्रममा योजना समेट्न अधिकारीले आवाज़ उठाउनु भएको छ । 
पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतमले पाणिनि गाँउपालिकामा पत्रकारको उच्च योगदान रहेको वताउदै सत्यतथ्य समाचारप्रवाह गर्न र कुनै ग़लत कार्य भएको खण्डमा सुझाव दिन आग्रह गर्नुहुदै पाणिनि गाँउ पालिकामा रेडियो स्टेशन को लागी गाँउ पालिकावाट सहजीकरण गर्न प्रयत्न गर्ने वताउनु भएको छ । 
पाणिनी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले पाणिनिमा क्रियाशील पत्रकारलाई सम्मान गर्ने योजना वनाएरनयाँ उदाहरण प्रस्तुत गरेको प्रति स्वतन्त्र पत्रकार तथा पाणिनि पत्रकार एसोसिएशन का अध्यक्ष डिआरजी सुमनले धन्यवाद ज्ञापन समेतगर्नु भएको छ । 
पाणिनी गाँउपालिका भित्रका पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा अवसर प्रदान गर्नकै लागी पाणिनि गाँउ पालिकाले रेडियो संचालन गर्नसहयोग गरेमा पाणिनि गाँउ पालिका र पत्रकार विचको सम्बन्ध राम्रो हुनुको साथै पाणिनि गाँउ पालिका हरेक गतिविधि स्थानीय नागरिकसम्म पुर्याउन पत्रकारहरुलाई सहजता हुने भएकै कारण आफुले रेडियो स्टेशन को विषय उठान गरेको पाणिनि गाँउ पालिका वडा नं ७ काअध्यक्ष गुनाखर अधिकारीले जानकारी गराउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।


अन्य समाचारहरु