टेकराज भुसाल
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा रहेको श्री प्रगति कृषक सहकारी संस्था लिमिटेडकाे मातहतमा काम गर्ने गरि प्रगति सामुदायिक बोयर बाख्रा ब्रिडरहर्ड भुमिकास्थान २ काे स्थापना भएको छ।
शुक्रबार प्रगति कृषक सहकारी संस्था लिमिटेडका पदाधिकारी र प्रगति सामुदायिक बाेयर ब्रिडर हर्डका पदाधिकारी बिच भएको संयुक्त बैठकले माेहन भुसालकाे अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेकाे छ।
जसको उपाध्यक्षमा तुल्सिराम भुसाल, सचिवमा उषा बेल्वासे, सहसचिवमा कमल चुँदाली, काेषाध्यक्षमा मीना नेपाली र सदस्यहरुमा क्रमशः दधिराम चुदाली, गाेविन्द पाैडेल, खुविराम खनाल, राम बहादुर थापा, नारायण बहादुर केसी र रुपा रायमाझीलाई चयन गरेकाे छ भने सल्लाहकार समितिमा गाेपाल खनाल, चन्द्रबहादुर केसी र बावुराम खनाल चयन हुनुभएको छ।
भुमिकास्थान नगरपालिका २ नम्बर वडामा बाख्राको जातिय तथा बंशसुधारको माध्यमबाट उत्पादकत्व वृद्धि गराउने उदेश्यका साथ बोयर ब्रिडर हर्ड (नश्ल सुधार श्रोतकेन्द्र) स्थापना गर्नेका लागि प्रगति सामुदायिक बोयर बाख्रा ब्रिडरहड भुनपा २को निर्माण गरिएको हाे।
नेपाल लाइभ स्टक सेन्टर इनोभेसनकाे आयोजनामा केन्द्रित आयोजना सहयोग इकाइ बुटबल को आर्थिक तथा प्राबिधिक सहयोगमा स्थापना गर्ने गरि आयोजनाको जिल्लास्तरको सरोकारवाला बिच बिचार बिमर्शमन्च(योजना समिति)को निर्णय अनुसार भुमिकास्थान नगरपालिका वडा न.२मा साबिकमा सञ्चालन हुदै आएका सामुदायिक बोयर मल्टिपलायर हर्डलाइ स्तरउन्नति गरि सो समुदायका आसपासका थप किसानहरुलाई संगठित गरि सामुदायिक स्तरको बोयर ब्रिडरहर्ड संचालन गरिएको हो।
उक्त क्षेत्रका करिब १००० प्रजनन योग्य माउ बाख्राहरुमा शुद्ध नश्लको बोयर बोकाबाट प्रजनन गराइ वा शुद्ध बोयर सिमेनबाट कृत्रिम गर्भाधान गराइ बाख्राको बर्णशंकर उत्पादनको माध्यमबाट उन्नत नश्लका पाठा पाठि उत्पादन गरि बिस्तार गरिने कार्यक्रमको लक्ष्य रहेको छ।