अर्घाखाँचीमा विप्लव निकट विद्यार्थी संगठनद्वारा जातिय बिभेदका विरुद्ध विरोध प्रदर्शन (भिडियो,फोटो सहित)
आषाढ़ १२ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी बिप्लब निकट विद्यार्थी संगठनले जातिय बिभेदका बिरुद्धमा बिरोध पर्दर्शन गरेको छ ।
अखिल क्रान्तिकारिको आयोजनामा सन्धिखर्कको शान्ती बगैंचा चोकमा गरिएको पर्दर्शनमा बक्ता हरुले जातिय भेदभावको मुख्य कारकतत्व संसदिय पुजिबादी ब्यबस्थानै भएको बताए ।
उनिहरुले बिस्वका सबै पुजिंबादी ब्यबस्था भएका देशहरुमा जातिय उत्पिडन कायमै रहेको भन्दै समाजबादी ब्यबस्था स्थापना नगरे सम्म जातिय भेदभाव अन्त्य नहुनेमा जोड दिए । उनिहरुले पत्रकार रुपा सुनारलाइ कोठा नदिनु , गत बर्ष अमेरिकामा अस्वेत नागरिक मारिनु केही उदाहरण मात्र भएको भन्दै बर्तमान ब्यबस्थालाइ दलालहरुको ब्यबस्थाको संज्ञा दिए ।
सहभागीहरुले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ मुर्दावाद लेखिएको प्लेकार्ड पनि समातेका थिए ।