छत्रदेव गाउँपालिकाले रुपन्देही र पाल्पामा बोयरजातका बाख्रा पठाउदै (फोटो फिचर)


रुद्रमणि भुसाल 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकको सृजनशिल महिला घास तथा बाख्रापालन समुह  केरुङ्गगाले बोयर जातको बाख्रा रुपन्देही र पाल्पा पठाउन सुरु  गरेकको छ । 
  
झन्डै ४ बर्षको अबधिमा अर्घाखाँचीको सितगंगा नगरपालिका , पाणिनी गाउँपालिका र पाल्पा र रुपन्देमा बाख्रा बिक्री गरेर समुहले २५ लाख आम्दानी गर्न सफल भएको सृजनशिल महिला घास तथा बाख्रापालन समुह  केरुङ्गगाकी अध्यक्ष साबित्रा पन्थीले जनाकारी दिनु भयो ।  
गाउँपालिकाले दिएको अनुदानबाट सहकारीमा आबद्ध कृषकहरुले  बाषिर्क २ लाख सम्म  आम्दानी गर्न सफल  भएको कृषक राधा सारुको  भनाई रहेको छ ।
आज रुपन्देहीको कचञ्न गाउँपालिका पशुशाखा प्रमुख नेत्र प्रसाद अधिकारीलाई  केरुङ्गगा बाखा्र बितरण  गदै गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले  अनुदानमा  केहि बाख्रा दिएर   यससमुहका कृषकहरुले बाख्रापाल्न सुरु गरेर   रुपन्देही र पाल्पामा पनि पठाउन लागेकाले कृषकहरुको मनोबल बढाउन बिभिन्न किसिमका अनुदान दिन लागिएको उहाले बताउनु भयो ।  
कार्यक्रममा  छत्रदेबका वाड नं. ४ का वडा अध्यक्ष अशोक श्रेष्ठ , पशुशाखा प्रमुख उमानाथ पन्थि , लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु