हरि कुँवर
ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर – २ ढाकावाङको ठुलाखार्क निवासी हरि प्रसाद खनालका छोरा समाज सेवी युवा शिव हरि खनालको सहयोगमा चुलो निभेका भुमिकस्थान नगरपालिका वडा नम्बर १ का १० विपन्न घरपरिवारलाई ३०० केजी चामल तथा सर्जिकल मास्क नि:शुल्क वितरण गरिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाको गन्धर्व बस्तिमा १०० घरपरिवारलाई १ हजार पिस मास्क वितरण गरिएको थियो ।
यसैगरी सन्धिखर्क नगरपालिका वडा नम्बर – ८ किमडाँडाको गाजँरीमा ५० घरपरिवार , भुमिकास्थान नगरपालिका २ का ५० घरपरिवारलाइ एक हजार पिस मास्क निशुल्क वितरण गरिएको थियो । अन्दाजी तीस हजार बराबरको मास्क तथा खाद्यान्न सनिवार वितरण गरिएको थियो ।
हामीले सक्ने सहयोग गरेका छौँ । हाम्रो सहयोग थोरै भएपनि महामारीका बेला सहयोग गर्नु हाम्रो दायित्व रहेको विपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा, यूवराज थापा, सागर मरासिनी र मनोज सापकोटा बताउछन । जिल्लामा चौंथो चरणको खाद्यान्न तथा नि:शुल्क सर्जिकल मास्क वितरण गर्ने कार्यक्रम पनि रहेको बताए ।