शितगंगा नगरपालिका कोरोना मुक्त नजिक


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका कोरोना मुक्त नजिक पुगेको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या ६ जना रहेको छ । 
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस अघि पनि शितगंगा नगरपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३१४ जना रहेको छ । 
यस्तै गएको २४ घण्टामा ९ जनाले कोरोना जितेका छन् । जस अनुसार यस पालिकामा गत वर्षदेखि आजसम्म  २९७   जनाले कोरोना जितेका छन् । भने १ जना आत्महत्या सहित ११ जनाको निधन भएको छ । 
  
आईतबारको जिल्लाको  कोरोना विवरण
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १७३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५७ जना, भूमिकास्थान नगरपालिकामा २४,         शितगंगा नगरपालिकामा ६,          मालारानी गाउँपालिकामा २८,             पाणिनी गाउँपालिकामा ३०         र छत्रदेव गाउँपालिकामा २८  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २५२५  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०७०  जना, भूमिकास्थान नगरपालिकामा ४७२,    शितगंगा नगरपालिकामा ३१४,      मालारानी गाउँपालिकामा २३७,        पाणिनी गाउँपालिकामा १९१      र छत्रदेव गाउँपालिकामा २४१  जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा ९ जनाले कोरोना जितेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म  २२८७   जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९९५ जना, भूमिकास्थान नगरपालिकामा ४३३,         शितगंगा नगरपालिकामा २९७,       मालारानी गाउँपालिकामा १९९,   पाणिनी गाउँपालिकामा १५३    र छत्रदेव गाउँपालिकामा २१० जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६५ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८ जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा १०,     पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  
आईतबारको जिल्लाको  कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु