नरपानीमा कोरोना संक्रमितलाई आधारभूत ओैषधी तथा हर्लेस वितरण


अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा  निशुल्क एन्टिजिन परिक्षण पाजिटिभ देखिएकालाई आधारभूत ओैषधि तथा हर्लेस बितरण गरिएको छ । 
यस्तै सन्धिखर्क नगरपालिकाले कोरोना संक्रमणको सर्ने प्रक्रिया रोक्न परीक्षणलाई वडा स्तरमा केन्द्रीत गरेका छ । महामारी सुरु भएसँगै कोरोना परीक्षणलाई पछिल्ला दिनमा वडावडामा पुर्‍याइएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण पहिला देखि नै सुरु गरिएको बताएकोले वा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् ।
पोजोटिम देखिएका सक्रमितलाई पौष्टिकयुक्त खाना खुवाउने निशुल्क औषधी वितरण गर्ने उपप्रमुख विकको भनाई रहेको छ । नगरपालिकाले वडामैं एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो ।
एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुने स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले बताए ।
नगरपालिकाले वडा न ६ मा २५ जनामा गरेको कोरोना परीक्षणमा ५ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

अन्य समाचारहरु