सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका किसानहरु समयमा पानी पाएपछि यतिबेला धान रोपाईमा व्यस्त भएका छन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा किसानहरु समयमा पानी पाएपछि यतिबेला धान रोपाईमा व्यस्त भएका हुन् ।
लकडाउनको समयमा किसानहरू सबै धानखेतीलाई प्राथमिकतामा राखी धान रोप्न व्यस्त छन् । वर्षापश्चात धानको ब्याड राखेका किसानहरु अहिले आ-आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन् ।
जिल्लाका अधिकांश फाँटमा किसानहरुलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई छ । असार-साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’पनि भन्ने गरिन्छ।