अर्घाखाँचीमा शिक्षक महासंघले दिउसै मैन बत्ती बाल्यो, कोरोना खोप लगाउन माग (भिडियो, फोटो)


केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेपाल शिक्षक संघको विभिन्न चरणको आन्दोलन अनुरुप आज अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा मैन बत्ती बालेर बिरोध प्रदर्शन गरिएको छ ।
शिक्षकहरुका मागको सम्बोधन नभएको , बाल शिक्षाका शिक्षकहरुको समस्या बेवास्ता गरिएको , कोरोना खोप नदिएको भन्दै शिक्षक महासंघ आन्दोलनमा छ ।
सन्धिखर्क नगरपालिकाको प्राङणमा गरिएको आजको कार्यक्रममा बोल्दै शिक्षक डिल्ली थापाले सरकार शिक्षाका समस्याप्रती उदासिन रहेको आरोप लगाए । यस्तो विषम परिस्थितिमा कोरोना बिरुद्दको खोप बिनानै भोलिका दिनहरुमा स्कुल हरु संचालन गर्न सकिने अबस्था पनि नरहेको बताए ।
महामारीबाट कैयौ शिक्षक तथा विद्यार्थी बालबालिकाहरु सिकार हुदा पनि सरकारले थाहा नपाएको जस्तो गरेको भन्दै आन्दोलित शिक्षकहरुले  आक्रोश पोखेका छन  ।