बिष्णु कुमार आले
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) असार १५ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनामा सुत्केरी महिलाहरूलाई पोषण खानेकुरा बितरण गरिएको छ ।
जुकेनाका ४५ जना सुत्केरी महिलालाई वडा अध्यक्ष रिषी रेश्मीमगरले प्रति सुत्केरी महिला २ क्रेट अन्डा २ पोका खानेतेल वितरण गर्नु भएको हो ।
सुत्केरी भएको बेला महिलाहरूलाई तंग्रिन पोषण तत्वको आवश्यक पर्ने भएकाले वडा कार्यालयले त्यस्ता महिलाहरूको पहिचान गरि पोषणयुक्त खानेकुरा उपलब्ध गराईएको वडा अध्यक्ष रेश्मीमगरले बताउनु भयो ।
सुत्केरी हुदा स्वास्थ्य अवस्था नाजुक भएको बेला यसरी पोषण खानेकुरा पाउँदा मनमा खुसी लागेको शितगंगा ६ पानीकाखोला निवासी रिना बिकले बताउनु भयो । बिक मात्र होईन स्थानिय कल्लेरी निवासी मसुरा नेपाली र खमारी निवासी सरिता भाट लगायतका सुत्केरी महिलाहरू पनि पोषण खानेकुरा पाउँदा उत्तिकै खुसी भएमा छन् ।
वडाअध्यक्ष रिषी रेश्मीमगरको अध्यक्षता ,कार्यालय सचिव हिमलाल भुसालको संचालनमा सम्पन्न कार्यक्रममा सम्पुर्ण वडा सदस्यहरू,स्थानियबासीको उल्लेखनीय सहभागीता रहेको थियो ।