अर्घाखाँचीमा आजदेखि सवारी साधन संचालनमा आए


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आजदेखि निजी- सार्वजनिक सवारी साधन संचालनमा आएका छन् । 
फाइल तस्बिर 
कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेका बस, जीप लगायतका निजी- सार्वजनिक सवारी सञ्चालन आएका हुन् ।
तत्कालको लागि जोर विजोर प्रणालीबाट जिल्ला भित्रका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,   शितगंगा नगरपालिका,        मालारानी गाउँपालिका,           पाणिनी गाउँपालिका   र छत्रदेव गाउँपालिकामा मात्र निजी- सार्वजनिक यातायात सञ्चालन भएका छन् । सिट क्षमताको आधा यात्रु राखेर मात्र सार्वजनिक सवारी चलाउन पाइने छ । चालक र सहचालकले अनिवार्य रुपमा माक्ससँगै सेनिटाइजर प्रयोग गर्नुपर्ने तथा सवारी साधनलाई निर्मलीकरण गर्नुपर्ने छ ।
कोबिड- १९संकट ब्यबस्थापन केन्द्र डिसिसिएमसी अर्घाखाँचीको सम्पन्न बैठकले  सवारी भाडामा कुनै वृद्धि गर्ने निर्णय नगरेको बताएको छ । 
यस्तै जिल्लाभरका पसलहरु साँझ ६ बजेसम्म खोल्न दिईएको छ ।  
जिल्लामा सातौ पटक पुन: असार २२ गतेसम्म निषेधाज्ञा थपिएको छ। गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ । यस्तै  जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ ।