लक्की चाैधरी गोरखापत्र
काठमाडौं, असार १६ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले बैठकले सो निर्णय गरेको हो ।
महाधिवेशन आयोज कमिटीको बैठकबारे पत्रकारलाई जानकारी दिनुहुँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्थायी कमिटीमा रहने नेताहरुको हेरफेर गरेको बताउनुभयो । बैठकले बेदुराम भुषाल, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्त लगायतलाई स्थायी कमिटीमा थप गर्ने निर्णय गरेको छ ।
प्रवक्ता ज्ञवालीकाअनुसार बैठकले नेता माधवकुमार नेपाल पक्षका नेताहरुमाथि गरिएको कारबाही फुकुवा गरेको छ । महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि सबै कारवाही निस्प्रभावी भएको ज्ञवालीले जानकारी दिनुभयो । अब पार्टी पुरानै केन्द्रीय कमिटीको तहबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।
बैठकको निर्णयपछि अब सबै नेताहरु पार्टी एकताको पक्षमा आउनुहुने विश्वास व्यक्त गर्नुहुँदै नेता ज्ञवालीले शुक्रबार बस्ने बैठक २०७५ जेठ २ को अवस्थामा बस्ने जानकारी दिनुभयो । नेताहरु सबै पार्टी एकता चाहेकाले समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी बैठकले नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । स्वास्थ्य उपचारमा सरकारले सहयोग गरेकोप्रति एमालेले धन्यवाद व्यक्त गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै, कोभिडका विषयमा सरकारले प्रभावकारी काम गरेको निष्कर्ष बैठकले निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।
सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउने विषयमा पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी प्रवक्ता ज्ञवालीकाअनुसार बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडितको पुनर्स्थापनाको काम गर्न पनि बैठकले सरकारसँग आग्रह गरेको छ ।
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ।
बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
यो सँगै अब एमालेका काम कारबाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएका छन्।
रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गर्ने निर्णयसमेत गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
यस्तै वरिष्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्चमा पार्टीले सहयोग गर्ने निर्णयसमेत गरेको छ।
यो निर्णयसँगै नेकपा एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो। सेतोपाटीमा समाचार छ ।