अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा फोहोरमैला व्यवस्थापनको लागि सचेतना तालिम शुरु भएको छ ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा फोहोरमैला व्यवस्थापनको लागि सचेतना तालिम बिहीवारबाट शुरु भएको हो ।
सचेतना तालिमको नगर उपप्रमुख ठाकुर कुमार विकले उदघाटन गर्नुभएको थियो । तालिम असार २ गतेसम्म चल्ने छ ।