डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र दुर्वाशेस्वर गुफा क्षेत्रमा पाणिनी गाँउपालिका वार्ड नं ३ खिदिमको आयोजना र पाणिनि पर्यटन समाज अर्घाखाँची कोव्यावस्थापनमा सुन्तला , मौसम जुनार रोप्ने काम सम्पन्न भएको छ ।
पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतमले सुन्तलाको विरुवा रोपेरवृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा पाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतमलेपाणिनिमा सवै जनताले अव आ-आफ्नो जन्मदिन को अवसरमा एक एक विरुवालगाउदा हराभरा पाणिनि हुने वताउनु भएको छ ।
पाणिनी गाँउपालिका वडा नं ३ का वडा सदस्य ओमप्रकाश भूसालले पर्यटकीयक्षेत्रमा फलफुल लगाउने कार्यमा जुट्न सवैलाई आग्रह गर्नु भएको छ ।
दुर्वाशेस्वर गुफ़ा व्यावस्थापन समिति का अध्यक्ष ढुण्डीराज भट्टराईले पाणिनी गाँउपालिका वडा नं ३ र पाणिनी पर्यटन समाजलाई धन्यवाद ज्ञापन गर्नु भएकोछ ।
पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामको संचालनमा भएकोवृक्षारोपण कार्यक्रममा स्थानीय हरुको उपस्थित रहेको थियो ।
– तस्वीर: डिआरजी सुमन/अर्घाखाँची ।