डिभर्नाको ढाड सामुदायिक वनमा भएको ढुंगा उत्खनन् रोक्न स्थानियबासीको माग


अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको ढाड सामुदायिक वनमा भएको ढुंगा उत्खनन् रोक्न स्थानियबासीले माग गरेका छन् ।
डिभर्नाको ढाड सामुदायिक वनमा एक महिनादेखि भईरहेको ढुङ्गा गिट्टी उत्खनन् रोक्न स्थानियबासीले माग गरेका हुन् ।
डिभर्नाको ढाड सामुदायिक वन क्षेत्रमा सरकारी र व्यक्तिका जग्गामा गरि दैनिक ५ वटा मेसिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चल्दै आएका छन् ।
उक्त ठाउँमा २ वटा ठेक्दार कम्पनीले काम गरिरहेका छन् । जसमा पिटिआर कन्ट्रकसन प्रा.ली.  ले जिम्बुरथुम डिभर्ना, खन, खनदहमा काम गरि रहेकाे छ । भने समृद्धि कन्ट्रकसनले डिभर्ना, सल्लिकाेट मिलमिले बाटाेकाे काम गरि रहेकाे छ।
यस्तै समृद्धि कन्ट्रकसनले व्यक्तिकाे जग्गा लिजमा लिएर  उत्खनन्  गरिरहेकाे छ ।  भने पिटिआर कन्ट्रकसनबाट सामुदायिक ढाड वन उपभोक्त समितिकाे वनमा उत्खनन भइरहेकाे छ।

अन्य समाचारहरु