अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बालिकालाई बालयौन दुर्व्यवहार गरेको आरोपमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीका एकजना पक्राउ परेका छन् ।
नरपानी घर भई सन्धिखर्कको ईसाराटोलमा बस्ने ३३ वर्षिय ऋषि बहादुर मुखियालाई आफ्नै घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले आज शनिबार अपरान्ह ४ बजे पक्राउ गरेको हो ।
अर्घाखाँची जिल्ला अदालतले गत वर्ष माघ ७ गते अभियुक्त मुखियालाई २ महिना ११ दिन कैद सजायँको फैसला सुनाएको थियो ।
मुखियालाई कैद भुक्तानीका लागि आईतबार जिल्ला अदालतमा पेश गरिने प्रहरीले अर्घाखाँचीडट्कमलाई बताएको छ ।