लिलामणि पाेख्रेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित विपि स्मृति भवनमा नेपाल तरुण दल जिल्ला कार्य समितिको अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन केन्द्रित तरुण दलको पुर्व तयारीको संगै तमाम प्रस्तावहरु माथी व्यापक छलफल गरि महत्त्वपूर्ण निर्णयहरु गरेको छ।
नेपाली कांग्रेसका जिल्ला पु सभापति विष्णु प्रसाद खनाल ( मुस्कान) र शितगङ्गा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी समेतकाे उपस्थिति रहेको थियोे । नेपाल तरुण दलको जिल्ला सहसचिवमा अर्जुन पोखरेल सङ्घर्ष लाइ मनोनीत गरेको छ । नेपाली कांग्रेस तरुण विभागको लुम्बिनी प्रदेश सदस्यमा मनाेनित जमसेर मियालाई सम्मान गरिएको छ । बैठक जिल्ला अध्यक्ष नारायण खड्काकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।