कान्ता बिश्वकर्मा
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाले अनुदानमा मिनि टेलर ९ हाते ट्याक्टर बितरण गरेको छ । वडाअध्यक्ष ऋषि रेस्मिले एक कार्यक्रमका बिच मिनि टेलर बितरण गर्नु भएको हो ।
शितगंगा नगरपालिका वडा नं ६ मा वडा कार्यलयको आयोजनामा स्वास्थ तथा सरसफाई कार्यक्रम सम्पन भएको छ ।
कोभिड १९ को माहामारिको समयमा वर्खायामको भलपानी मिसिएको दुषीत पानी खानेपानीको मुहानमा मिसिदा पानी शुद्धिकरण नगरी पिउदा रुखाखोकि ,ज्वोरो झाडापखालाका बिरामी धेरै हुने भएकाले पानी लाई शुद्धिकरण गर्न र रोग बाट बच्न स्वास्थ्य प्रशीक्षक लक्ष्मण पौडेल , बिपिन थापा द्धारा स्वयमसेविका,वडा न ६ मा रहेका विभिन्न खानेपानी सन्चालित रहेका र सम्पन्न भएका खानेपानी व्यबस्थापन समीतिका पधाधीकारीहरु लगायत स्थानियबासी गरी ४५ जना लाइ सचेतनामुलक तालीम दिइएको हो।
कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष ऋषी बहादुर रेश्मीको अध्यक्षता, अतिथीहरु स्वास्थ्य प्रशीक्षक लक्ष्मण पौडेल , बिपिन थापा , वडा सदस्य गोविन्द पोख्रेल , शोभा बि क, मिना भाट लगायतको उपस्थितीमा तालीम सम्पन्न भएको हो कार्यक्रमको सञ्चालन वडा सचिव हिमलाल भुषाल गर्नु भएको थियो।