प्रकाश बेल्बासे | अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीको बाँगी खोला बगरमा पार्क निर्माण गरिने भएको छ ।
चुत्राबेसीको पेट्रोल पम्प अगाडि खाली रहेको बगरमा पार्क निर्माण गरिने भएको हो ।
व्यवसायी युबराज श्रेष्ठको पहलमा चुत्राबेसीको पेट्रोल पम्प अगाडि खाली रहेको बगरमा पार्क निर्माण गर्न शुरु गरिएको छ । साथै खोलाको तटबन्धका लागि आएको स्थानिय बजेटबाट खर्च गरिने बताइएको छ ।
उता सदरमुकाम सन्धिखर्क र चुत्रावेसी बजारमा रहेको पुरानो बसपार्क, बाँगी खोला, भद्री खोला, घोचे खोला, गुन्टे खोला, लगायतका ठाउँका अधिकांश खाली क्षेत्रमा क्रमश पार्क निर्माण गरिने सन्धिखर्क नगरपालिका वार्ड नम्बर १,२ ले डट्कमलाई बताए ।