रगतकै नाता दाजु बहिनीको हुने भयो बिहे

बिबिध स्रोतहरुबाट शाभार गर्दै हाम्रा अन्तरराष्ट्रिय प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले ले तयार पारेको यो समाचार विवरण-


तपाईंलाई सुन्दा अचम लाग्न सक्छ तर ठुला खान्दान मा जेए पनि हुदो रहीए छ भने कुरा यो न्युजबाट पनि अनुमान लगाउन सकिन छ

.

काठमाडौं। नाताले दाजु(बहिनी पर्ने एउटै बाबुका सन्तानबीच बिहेको कल्पना प्रायः गरिँदैन। तर, काठमाडौंमा निकट भविष्यमै हाडनाता पर्ने केटा र केटीबीच धुमधामका साथ बिहे हुँदै छ। जे(जस्तो नाता परे पनि र जसले जे भने पनि आफ्नो प्रेमलाई दाम्पत्य जीवनमा परिणत गरिछाड्ने निर्णयमा पुगेका युवक र युवती केशरशमशेर राणाका खलक हुन्। केशरका सन्तानमध्ये बेग्लाबेग्लै आमापट्टिबाट साम्राज्यशमशेर र अरबिन्दशमशेर दुई छोरा थिए। साम्राज्यशमशेरका पाँच छोरी भए। यीमध्ये माहिली पुत्री जयाराज्यलक्ष्मीले केन्द्रविक्रम राणासँग बिहे गरिन्। केन्द्रविक्रमका जयन्द्र शाह एक छोरा छन्।
 
    यता, केशरकै अर्का पुत्र अरबिन्दकी छोरी ज्योत्स्नाले सिंह खलकसँग बिहे गरिन्। उनकी सम्पदा नाम गरेकी जेठी छोरी छन्। स्मरण रहोस्, सम्पदा तिनै युवती हुन् जसको बिहे पूर्वराजा ज्ञानेन्द्रका बालदोस्ती प्रभाकरशमशेरका पुत्र सिद्धार्थ राणासँग हुने पक्का गरिएको थियो। तर, सिद्धार्थले एकाएक निलिमा नामकी युवतीलाई आफ्नो बनाएपछि सम्पदा हालसम्म पनि त्यत्तिकै बस्दै आएको महसुस गरिएको थियो। तर, उनी त निकट नाता पर्ने जयन्द्रसँगको गाढा प्रेम(सम्बन्धमा पनि रहँदै आएकी रहिछन्। विशालनगर बस्ने सम्पदा र चुनदेवीका वासिन्दा जयन्द्रबीच आजभन्दा ६ वर्षअघि पूर्वप्रधानसेनापति प्याराजंगकी छोरीको बिहेमा भेट भएको थियो। फायर एन्ड आइस पिज्जाहट रहेको ठमेलस्थित हिमालयन बैंकमा कार्यरत जयन्द्र एक्ला छोरा हुन्। उनको एस फाइनान्स कम्पनीपछाडि २० रोपनी जग्गा रहेको छ।

 

यता सम्पदाकी बहिनीको दीपक बोहराका पुत्रसँग बिहे भइसकेको छ। सम्पदा र जयन्द्रबीचको सोही सम्बन्धले आगामी नोभेम्बर २२ तारेखमा बिहेको रूप लिन  लागेको हो।
 

 तपाइँलाई यी र यस्ताखाले इमेल मन पर्दैनन् भने ठ्वाँस्स नपरेर र नझर्किएर भन्नुहोला । तपाइँको प्रतिक्रिया मेरालागि सबैथोक हो