अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको भुजुङेका बिपन्न समुदायका बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
खाँचीकोटको भुजुङेका ५० जना बिपन्न समुदायका बिद्यार्थीहरुको लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आईतबार झोला सहितका शैक्षिक सामाग्री वितरण गरिएको हो ।
भुजुङेका चन्द्रप्रभा मावीमा अध्यनरत ३३ जना, मुक्ती आविमा अध्यनरत १४ जना र मदरल्यान्डमा अध्यनरत ३ जना गरि ५० जना बिपन्न समुदायका बिद्यार्थीहरुको लागि प्रति विद्यार्थी झोला १, बिद्यालय पोशाक – सर्ट पाइन्ट १ सेट, कापी १ दर्जन र डटपेन ५ पिस लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ ।