काठमाडौं । सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्र्तगत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाउन सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशन गरी असार २९ गतेदेखि देशभर नै खोप लगाउन सुरु गर्ने जनाएको हो ।
भेरोसेल खोप ५५ बर्षमाथि उमेर समुहका व्यक्ति, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरुलाई लगाउने निर्णय भएको छ ।
यस्तै सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्ति र खोप अनिवार्य गरेका देशका जाने नेपाली नगारिकलाई समेत दिइने छ ।
यस्तै सोमबार प्राप्त भएको जोनसनको १५ लाख डोज खोप भने ५० देखि ५४ वर्ष उमेर सम्मका खोप लगाउन छुटेका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्ता भएका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ । इमेज च्यानलमा समाचार छ ।