अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा रहेको जालकाडा बाख्रापालन समुहका किसानहरुले आफ्ना पाठा पाठी बिक्री गरेको रकम एक बर्ष बितिसक्दा पनि अझै नपाएको गुनासो गरेका छन् ।
डिभर्नामा रहेको जालकाडा बाख्रापालन समुहका किसानहरुले आफ्ना पाठा पाठी बिक्री गरेको लगभर ४० लाख रकम एक बर्ष बितिसक्दा पनि अझै नपाएको गुनासो गरेका हुन् ।
सदस्य संख्या ३०० घरधुरी रहेको जालकाडा बाख्रापालन समुहले विभिन्न मितिमा जिल्ला बाहिरका गैर सरकारी संस्था, व्यक्तिलाई पाठापाठी नियात गरेकाे थियाे ।
समुहले कम्तिमा ४० लाख बाड्न बाँकी रहेकाे किसानकाे गुनासाे छ।
गत २०७७ असार २२ गतेदेखिकाे पैसा किसानलाई दिन बाँकी रहेकाे छ। बाख्रा पालन समूह बाहिर पठाएको पाठापाठीकाे पैसा समयमा किसानहरु चिन्तित रहेका छन् । भने केही दिनमा आफुले पाउने पैसा नपाए आन्दोलन गर्ने किसानहरुले बताएका छन् ।