मैदानको भर्तापुरका फरार अभियुक्तलाई हत्या अभियोगमा १४ वर्षपछि पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता 
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिका वार्ड  नम्वर ५ मैदानको भर्तापुरका हत्या गरि फरार अभियुक्तलाई १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 
मैदानको भर्तापुरका गगन सिंह सुर्यवंशीको कान्छो छोरा ४२ वर्षिय हुमबहादुर रास्कोटीलाई हत्या अभियोगमा फरार भएको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्तलाई  कपिलवस्तु जिल्ला बाणगगां नगरपालिका वार्ड नम्वर १ उप्टहवाबाट प्रहरीले  मगंलबार दिउँसो फरार रहेका रास्कोटी मगर प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । 
वि.सं २०६४ साल कार्तिक २६ गते मैदानका वर्ष २१ का नारायण सूर्यवंसीलाई निजकै घरमा रास्कोटीसहित तीन जनाले कुटपिट गरी हत्या गरेका थिए । 
घटना सम्लग्न सोही स्थानका वर्ष ४८ का गनबहादुर खाम्चाकी मगर र सोही स्थान कै वर्ष ४२ का चोकबहादुर खाम्चाकी मगर फरार रहेको प्रहरी निरीक्षक सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । 
घरायसी रिसिविका कारण योजनामा कुटपिट गरेको प्रहरीसँग मगरले स्वीकार गरेको प्रहरी प्रमुख थापाले बताउनुभयो । पक्राउ परी हिरासतमा रहेका मगरलाई अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु