अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराले वार्डमा रहेका सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
वार्डमा रहेका २ वटा सामुदायिक स्वास्थ्य केन्द्र र २ वटा शहरी स्वास्थ्य केन्द्रहरुलाई आज बुधबार स्वास्थ्य सामग्री वितरण गरेको हो । स्वास्थ्य संस्थाका प्रमुखलाई वडाअध्यक्ष कपिल आले एक कार्यक्रमका बीच स्वास्थ्य सामग्रीहरु वितरण गर्नुभएको थियो ।
वडाअध्यक्ष कपिल आलेका अनुसार ढुगेंसेरा सामुदायिक स्वास्थ केन्दलाई १ सेट स्टिलाइजेसन, १ सेट नेबुलाइजर, २ सेट फाेरसेव, सिजर ४ वटा, किडनि ट्रे २ वटा सिलिग पंखा २ वटा र ग्याँस चुलाे १ सेट वितरण गरिएको छ ।
त्यस्तै खयरभट्टी स्वास्थ केन्दलाई स्टिलाइजेसन सेट १ वटा, नेबुलाइजर सेट १ वटा, फाेरसेव २ सेट, सिजर ४ वटा, किडनि ट्रे २ वटा, सिलिग पंखा २ वटा, ग्यास चुलाे १ सेट, दराज १ वटा वितरण गरिएको छ ।
साथै चाबेनेटा शहरी स्वास्थ केन्द्रलाई फाेरसेव २ सेट, सिजर ४ वटा, किडनि ट्रे २ वटा तथा ढोडेनी शहरी स्वास्थ केन्द्र कातिकेलाई फाेरसेव २ सेट, सिजर ४ वटा, किडनि ट्रे २ वटा वितरण गरिएको छ ।
त्यस्तै सामुदायिक स्वास्थ्य केन्द्रको लागि २ सेट पिपिई समेत वितरण गरेको थियो ।