दक्षिण कोरियाको “चेवनान” नामको सैनिक जहाज पानी भित्र रहेको उत्तर कोरियाको टारपेडोको आक्रमणमा परेर विस्फोटनमा परेको तथ्य दक्षिण कोरियाको “चेवनान” नामको सैनिक जहाज सम्बन्धी सैनिक र जनता संयुक्त जांचबुझ दलले आज 20 तारिखका दिन सार्वजनिक गरेको औपचारिक नतिजा अनुसार ठहर लिएको छ।
संयुक्त जांचबुझ दलले प्रतिबेदनमा जनाए अनुसार- खोजेर पाइएका विभिन्न सामानहरुको प्रमाणको बिश्लेषण गरी तथा सो जहाजका भाग्यमानी जिवित व्यक्तिहरुको प्रमाण अनुसार ती सबै कुराले उक्त नतिजा प्रमाण गरेका छन्।
“चेवनान” नामको सैनिक जहाजले मार्च 26 तारिखको राती दक्षिण कोरियाको पश्चिमी समुद्रमा आक्रमणमा परेर डुबेको थियो। यस जहाजमा सवार 104 जना सैनिकमध्ये 58 जना मात्र बाँच्न सफल भएका छन्।