नवीन रसाइली
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ४ धारापानी, छत्रदेव गाउँपालिका वार्ड नं.८ मरेङ्गको कालिका भगवती मन्दिर, भुमिकास्थान नगरपालिका वार्ड नं. १ ढाकावाङ, पाणिनी गाउँपालिका वार्ड नं. २ पाेखराथाेक, छत्रदेव गाउँपालिका वार्ड नं. ३ केरुङ्गाको साजबोट, शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धारा लगायतका जिल्लाका विभिन्न स्थानहरुमा मानव अधिकार, आत्महत्या रोकथाम, लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मातहत प्रहरी ईकाईहरुको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नेपाल प्रहरी, नागरिक समाज, स्थानिय मानिसहरु, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, स्थानिय क्लवमा आवद्ध व्यक्तिहरुको उपस्थितीमा सम्पन्न गरिएको थियो ।