अराज बेल्बासे | आम नेपाली
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले किसानहरुलाई खरिद रकमको दोब्बर मुल्यमा बिरुवाहरु बिक्री गरेको पाइएको छ । किसानहरुलाई ५० प्रतिशन अनुदान भनी खरिद रकमको ५० प्रतिशत छुटमा बिक्री गर्नु पर्ने कागती, एबोकाडा, केरा, कफिका बिरुवा कृषि शाखाका कर्मचारीको चलाखीले गर्दा दोब्बर मुल्यमा किसानलाई बिक्री गरेको पाइएको छ ।
कागतीको बिरुवा सरकारी दर-रेट अनुसार प्रति बिरुवा २५ रुपौयाँ रहेको छ । नर्सरीहरुले २० रुपौयाँमा उपलब्ध गराएको बिरुवा नगरपालिकाको कृषि शाखाले १० देखि १२ रुपौयाँ २५ पैसामा बिर्की गर्नु पर्नेमा ५० रुपौयाँ खरिद देखाउदै २५ रुपौयाँमा किसानलाई बिक्री गरेको छ भने ९० रुपौयाँमा उपलब्ध हुने एबोकाडालाई प्रति बिरुवा ४५ देखि ५० मा बिक्री गर्नु पर्नेमा १३० रुपिया खरिद देखाउँदै ६५ रुपियामा बिर्की गरेको हो । यस्तै केराको बिरुवा ७० रुपियामा खरिद गरी किसानलाई १०० को खरिद देखाउँदै ५० मा बिक्री गरेको छ ।
शितगंगा नगरपालिका ४ का धर्मराज बेल्बासेले बिरुवा आएको थाहा पाए पछि बिरुवा खरिद गर्न आए १०० वटा एबोकाडा र ४० वटा कागतीको बिरुवा किन्नका लागी शितगंगा नगरपालिकाको कृषि शाखाका कर्मचारी चन्द्रीका पालसँग फारम भरे तर उनले खरिद गरेको बिरुवामा पालले प्रति बिरुवा ३० रुपौयाँ खरिद दर भन्दा बढी मुल्य लगाएर बिक्री गर्न रोजे सोही क्रममा स्थानिय नारायण अधिकारी र चिन्ताराज अधिकारी आधिकारी मुल्य बुज्न खोज्दा कर्मचारीको मिलोमतोमा ठुलै कमिसनको खेल चलेको पत्ता लागेको हो ।
किसानहरुलाई बढी मुल्यमा बिरुवा बितरण गरेको गुनासो आए पछि प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले तत्काल बिरुवा बितरण नगर्न निर्देशन गर्नु भएको छ । कृषि शाखाका प्रमुख अनिस शर्मा बाहिर भएकोले आए पछि आधिकारीता बुझी सरकारी दर÷रेट भन्दा बढीमा बिक्री नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । शितगंगा नगरपालिकाको कृषि शाखाले पोली ब्याग बिजो सुन कागती बिरुवा, पोली ब्याग एबोकाडा र माल्बोक केरा रौटहटको श्री राम प्रवेश फलफुल नर्सरी वागवानी फार्म खरिद गरेको हो । नर्सरीमा बुझ्दा सरकारी दर÷रेट भन्दा केही छुट सहित डेलीवरी समेत नर्सरीले गर्ने गरी बिक्री गरिने बताएको छ ।