काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। नेता रावलले आफूले राजीनामा दिएको बताए।
उनले भने, ‘म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु। विस्तृत रुपमा वक्तव्यमै छ।’
आइतबार पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि रावलले राजीनामा दिएका हुन्। देशसन्चारमा समाचार छ ।