केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न .१० अर्घा स्थायी घर भएका शिव गन्धर्व दुबै मृगौला फेल भएर उपचाररत छन ।
निरन्तरको डाइग्लोसिस र उपचारले आर्थिक अभाव भए पछि उनको परिवार सहयोगको याचना गरिरहेको छ । उपचारको क्रममा खर्च अभाव भएपछी बिभिन्न तह बाट शिब गन्धर्वलाई बचाउनको लागि सहयोग अपिल गरिएको छ ।
यसै क्रममा विभिन्न तहबाट प्राप्त सहयोग रकम आज शिव गन्धर्बलाइ हस्तान्तरण गरिएको छ।तर तेत्तिले मात्रै पुग्ने देखिएको छैन उनलाइ उपचारको क्रममा ठूलो रकम खर्च हुने तर उनिसंग आर्थिक हैसियत नभएकोले सबैले आआफ्नो क्षमता अनुसार सहयोग गर्न सनपा १० का वार्ड अध्यक्ष लक्ष्मिनारायण चुदालिले सबैमा अपिल गरेका छन । उनले आफुले ब्यक्तिगत रुपमा धेरै थोरै आर्थिक सहयोग गर्दै नेपाल सरकार बाट उपलब्ध हुने सेवा र सहयोगको लागि जुनसुकै प्रक्रिया पनि पूरा गरिदिने प्रतिबद्दता पत्रकारसामु गरेका छन ।
आज सन्धिखर्कमा अभियन्ता सुमित्रा पौडेलको पहलमा पत्रकार सम्मेलन गरि विभिन्न तहबाट प्राप्त १ लाख सात हजार बढी रकम लक्ष्मिनारायण चुदालिले रोग पिडित शिबलाइ हस्तान्तरण गरेका हुन । नृत्य निर्देशक संघ अर्घाखाँचीका जिल्ला उपाध्यक्ष र राष्ट्रिय संगितकर्मी संघ अर्घाखाँचीका बरिष्ठ उपाध्यक्ष समेत रहेका २६ बर्षिय गन्धर्व बिगत केही महिनादेखी मृगौला सम्बन्धी रोगबाट ग्रस्त भइ उपचाररत छन ।
लामो समय देखि डाइग्लोसिस गरिरहदा आर्थिक अभावमा जीवन बचाउन मुस्किल परेपछी सहयोगी हरुबाट सहयोगको ठूलो अपेक्षा परिवारले गरेको छ । बिरामी शिबकि श्रीमति पबित्रा गन्धर्वले आखाभरी आँसु झार्दै सहयोगको याचना गरिरहेकी छिन ।