अर्घाखाँचीका सबै खोप केन्द्रहरुमा साउन ५ र ६ गते पहिलो डोज भेरोसिल कोरोना खोप लगाईने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै खोप केन्द्रहरुमा आगामी साउन ५ र ६ गते ५५ वर्ष माथि उमेर समुहलाई कोरोना बिरुद्दको पहिलो डोज भेरोसिल खोप लगाईने भएको छ ।  
जिल्लाका सबै खोप केन्द्रहरुमा आगामी साउन ५ र ६ गते ५५ वर्ष माथि उमेर समुहलाई पहिलो डोज भेरोसिल खोप लगाईने भएको हो ।  
उक्त दिन उमेर समुहका ब्यक्तिहरु उमेर खुल्ने प्रमाणपत्र र अन्य समुहका ब्यक्तिहरु आ-आफ्नो परिचयपत्र सहित सम्बन्धित वार्डको खोप केन्द्रमा आएर पहिलो डोज खोप लगाउन सक्ने छन् । 
साथै जोनसन खोप सिफारिस गरिएका लक्षित समूह र ५५ वर्ष मुनिको उमेर समूहका ब्यक्तिहरुको खोप कार्यक्रम केही दिनमा सार्वजनिक गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।