नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतले नभएर संविधानको धारा व्याख्या गरिदिएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै अध्यक्ष प्रचण्डले भने, ‘शेरबहादुरजीलाई अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको होइन, संविधानको धारा ७६ को उपधारा ५ लाई अदालतले व्याख्या गरिदिएको मात्र हो।’
प्रचण्डले संसद पुनस्र्थापना गरिदिएको सर्वोच्च अदालतलाई धन्यवाद दिनुपर्ने बताए।
‘अहिले प्रतिपक्ष दलका साथीहरुलाई पनि संसद फेरि ब्यूँतिएकाले आनन्द भएको छ, म बुझ्छु नि,’ प्रचण्डले आइतबार संसदमा भने, ‘नेपालको संविधानको ७६ (५)लाई निकै राम्रोसँग व्याख्या गरिदिएको छ, यसले हामीलाई सर्वोच्चलाई धन्यवाद दिनुपर्छ ।’ सेतोपाटीमा समाचार छ ।