टेकराज भुसाल
ढाकावाङ, अर्घाखाँची साउन ४ (अर्घाखाँचीडट्कम) । नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाई, बुटवलले भुमिकास्थान नगरपालिका १ र २ ढाकावाङ्गकाे प्रगति कृषक सहकारी संस्था लिमिटेडकाे मातहतमा रहेकाे प्रगति सामुदायिक बाेयर ब्रिडर हर्ड भु.न.पा- २ लाई प्रजननका लागि शुद्ध नश्लको (१००%) ४ वटा बोयर बोकाहरु हस्तान्तरण गरेको छ।
हस्तान्तरण समारोहमा जिल्ला समन्वय समिति अर्घाखाँची प्रमुख पिताम्वर भुसाल, आयोजना समन्वय प्रमुख पुरुषाेत्तम त्रिपाठी, पशु बिज्ञ केन्द्र अर्घाखाँचीका बिष्णु प्रसाद पाैडेल, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाई, बुटवलका मुल्यांकन अधिकृत लाेकराज भुसाल, योजना अधिकृत खिमानन्द खनाल, जिल्ला समन्वय समिति अर्घाखाँचीका नासु बिनाेद कुवर लगायतकाे उपस्थिति रहेको थियो।
नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाई, बुटवलले गत असार १० गते कृषकहरुलाइ सुपर नेपियर को बिरुवा, करिब एक हजार बाख्रालाइ पुग्नेगरि ,आन्तरिक तथा बाह्य परजिबि नियन्त्रणका लागि औषधि र बाख्राको तौल ब्यबस्थापनको लागि एउटा अटोमेटिक तौलने मेसिन समेत हस्तान्तरण गरेको थियो।
सहकारीको ब्यबस्थापन र आयोजनाको सहकार्यमा सामुदायिक बोयर ब्रिडर हर्डमा बिउको लागि शुद्ध नश्लको बोका तथा माउबाख्रा राख्नको लागि सुधारियको बाख्राको खोर निर्माणको लागि आयोजनाबाट शहकारिको ब्रिडरहर्ड मुल समिति बिभागबाट सिफारिस गरिए बमोजिम ३० जना बाख्रापालक कृषकहरुकाे खोर सुधारको लागि ६ लाख समेत उपलब्ध गराएको थियो।
हस्तान्तरण समारोह प्रगति कृषक सहकारी संस्था लिमिटेड भु.न.पा.- १ र २ ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसाल (दुनाराम) काे अध्यक्षतामा सम्पन्न भएको थियो।