अर्घाखाँचीमा सवारी आवागमन असुरक्षित हुँदा संक्रमण झन बढ्ने खतरा


केशवराज ज्ञवाली 
गोरुसिङे  (अर्घाखाँचीडट्कम)  । पछिल्लो समयमा अर्घाखाँची जिल्लामा जनजिवन सहज हुँदै गए पनि संक्रमणको खतरा देखिन थालेको छ ।
 जिल्लामा केही मापदन्ड सहित लकडाउन खुकुलो पारिए सगैं यातायातका साधनहरु चलेका छन तर यातायातका साधनहरुले स्वास्थ मापदण्ड पालना गरे नगरेको बारेमा प्रभावकारी जाँच नहुँदा संक्रमणले उग्र रुप लिनसक्ने खतरा देखिन्छ । 
अर्घाखाँचीबाट बुटवल र जिल्लाकै विभिन्न स्थानहरुमा चल्ने सवारिहरुमा यात्रुहरु सिट क्षमता भन्दा बढी बोक्ने गरेको देखिएको छ । 
सवारी चेकिङ गर्ने चेकपोस्टहरुमा पनि कम संख्या टिपाइ प्रशासनलाई यातायात ब्याबसायीहरुले झुक्कएको देख्न सकिन्छ भने प्रशासन पनि नाम मात्रको चेकजाच गरिरहेको प्रत्यक्ष देख्न सकिन्छ ।
यसरी जनताको स्वास्थ माथी गम्भीर लापरबाही भैरहेको बिशयमा तत्काल उचित कदम चाल्न सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने यात्रुहरु बताउन्छन् ।