काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा उहाँहरुबीच असंवैधानिक ढंगले गरिएका नियुक्ति खारेज गर्ने र साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । उहाँहरूबीच सरकारमा विभिन्न दलको सहभागिता र मन्त्रालय बाँडफाँडलगायत विषय पनि छलफल भएको छ ।
यसअघि आजै बिहान अध्यक्ष दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेट गर्नुभएको थियो । उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो ।
ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो । इमेज च्यानलमा समाचार छ ।